काठमाडौं । नेपाल विद्यार्थी संघको विधानको पूर्ण कार्यान्वयन गर्दै उमेर हदबन्दी हटाउनुपर्ने लगायतका माग राखेर नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । आइतबार ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालय विद्यार्थी नेता र कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।उनीहरुले अझैसम्म पनि नेविसंघको महाधिवेशन नभएको भन्दै सबै उमेर समूहको प्रतिनिधित्व हुने गरी विधान बमोजिम यथासीघ्र तदर्थ समिति…