पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिकामा अवस्थित पञ्चमी हटिया एक ऐतिहासिक र परम्परागत हटिया हो । देशैभरीका ग्रामीण बस्तीहरूमा झैं यहाँ पनि विभिन्न बार र मितिमा साप्ताहिक तथा पाक्षिक रूपमा हटिया लाग्ने गर्छन् । निश्चित मिति र स्थानमा लाग्ने हटिया गाउँका नागरिकहरूको मुख्य व्यावसायिक केन्द्रका रूपमा परिचित छन। पञ्चमी हटिया विगतमा प्रत्येक महिनाको पञ्चमी तिथिमा लाग्ने…