Logo ९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026


नारायणी नदीमा हाम फालेकी एक युवतीको सकुशल उद्धार


1k
Shares

काठमाडाैं । चितवनको भरतपुर महानगरपालिका–२ पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी एक जना युवतीको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।

भरतपुर महानगरपालिका–२० बस्ने २० वर्षीय सविना परियार नारायणी पुलबाट नदीनमा हाम फालेकी थिइन। हाम फाले लगत्तै सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट पुलचोकबाट सशस्त्र प्रहरी सहायक निरीक्षक गंगाराज गोलेको कमाण्डमा खटिएको सुरक्षा फौजले उनलाई सकुशल उद्धार गरेको हो ।

उद्धार पश्चात परियारलाई उपचारको लागि भरतपुर अस्पताल पठाइउकाे प्रहरीले बताएकाे छ।