काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सर्वपक्षीय बैठक बोलाउनुभएकाे छ। उहाँले प्रधानमन्त्रीकाे सरकारी कार्यालय बालुवाटारमा शुक्रबार दिउँसाे ४ बजे बस्ने गरी बैठक बाेलाउनुभएकाे हाे। बैठकमा प्रमुख ५ राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुख सहभागी रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि सबै राजनीतिक दललाई एकै पटक छलफलमा बोलाइएको भन्दै ठूला दलका नेताहरूले असन्तुष्टि जनाएका थियो।…