काठमाडौं, कात्तिक ३० । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पले पहिलो पटक बल्ल डेमोक्रेटिक उम्मेदवार जो बाइडन चुनावमा विजयी भएको स्वीकार्नुभएको छ । यद्यपि, ट्रम्पले खुला हृदयले बाइडनको जीत भएको तथ्यलाई स्वीकार्नुभएको होइन । सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेख्नुभएको छ, ‘उसले जित्यो किनभने चुनाव धाँधलीयुक्त थियो ।’ मतगणना परिणाममा बाइडन फराकिलो…