Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै घट्याे


7k
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइतबार प्रतितोला तीन हजार पाँच सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार प्रतितोला तीन हजार सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुन प्रतितोला तीन लाख १३ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख १६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार प्रतितोला पाँच हजार चार सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको हाे। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुन प्रतिऔंस पाँच हजार ९८ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।