काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार नेपालले यूएईको सामना गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार बिहान साढे ९ बजेदेखि नेपालले यूएईको सामना गर्ने भएको हो । नेपाल रोहित पौडेल र युएई मोहम्मद वासिमको कप्तानीमा मैदानमा उत्रिने भएका छन् । दुबै टोलीलाई शीर्ष ६ मा रहेर अन्तर्राष्ट्रिय मान्यता जोगाउन जित्नै पर्ने दबाब रहेको…