काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
शुक्रबार बिहान कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशको केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
त्यस्तै, शुक्रबार दिउँसो भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको हो । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्ने भएको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो।
त्यस्तै, शुक्रबार राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा अधिकांश बादल लाग्ने भएको छ । तराई भू-भागमा भने आंशिक बादल लाग्ने भएको हो। कोशी, मधेश, बागमती, गण्डकी,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्