काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्तागठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताउनुभएको छ । सोमबार वीरगञ्जमा स्थानीय नेता राजेशमान सिंहलाई पार्टी प्रवेश गराउँदै उहाँले सबै तहमा गठबन्धन सम्भव नरहेको भन्दै जहाँ–जहाँ सम्भव हुन्छ त्यहाँ गठबन्धन गरेर चुनाव लड्ने बताउनुभयो । सम्भव नभएका ठाउँमा एक्लाएक्लै…