१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


यातायात व्यवस्था विभागको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं । यातायात व्यवस्था विभागले सर्भरहरूमा समस्या आएको भन्दै अनिश्चितकालका लागि सेवा बन्द गरेको छ । बुधबार एक सूचना जारी गर्दै विभागले विद्युतिय सर्भरहरूमा समस्या देखिएको र समस्या समाधानका लागि अपरान्ह पाँच बजेदेखि कार्य गर्ने जनाएको छ । कार्यालयका अनुसार समस्या समाधान नभएसम्मका लागि सेवा अवरुद्ध रहनेछ ।