काठमाडाैं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साहले वर्तमान सरकारले संघीयताको भावना र मर्मविपरित कार्य गरिरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद साहले यस्ताे आराेप लगाउनुभएकाे हाे । सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने प्रशासनिक, वित्तीय र कानूनी आधारहरू तयार गर्न सरकार चुकेको बताउनुभयो । सांसद शाहले सङ्घीयतालाई विविधतामा एकता कायम गर्ने र शक्ति…