Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउन अध्यादेश ल्याएकाे मन्त्री गौतमकाे दावी

जनताको समस्या समाधानका लागि गतिका साथ सरकार अघि बढेको जिकिर

26
Shares

काठमाडाैं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि सार्वजनिक खरिद ऐन सम्बन्धि अध्यादेश ल्याउनु परेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खड्कबहादुर विश्वकर्माले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनि राख्नु भएको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्ताे स्पष्टिकरण दिनुभएको हो ।

सांसदहरुले समेत लामो समयदेखि प्रश्न उठाएको उक्त विधेयकलाई संशोधन गरेर जनताको जल्दाबल्दा समस्या समाधानको कामलाई सहज बनाएको उहाँले दावी गर्नुभयो । उहाँले उक्त विधेयकमा केही समस्या भए समाधानका लागि प्रतिस्थापन विधेयक आउँदा सुधार गरेर लैजान सकिनेतर्फ पनि सांसदहरुको ध्यानाकर्षण गराउनुभएकाे छ।

कानूनमन्त्री गौतमले जनताको समस्या समाधानका लागि गतिका साथ सरकार अघि बढेको समाे जिकिर गर्नुभयो ।