काठमाडाैं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डेले नेकपा एमालेसँग पनि निर्वाचनमा सहकार्य गरेर जान सकिने संकेत गर्नुभएको छ। आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरुको बन्दसूची बुझाउन निर्वाचन आयोगमा साेमबार पुग्नुभएका उहाँले एमालेसँग पनि कुरा शुरु गरिएको संकेत गर्नुभएकाे हाे। उहाँले सहकार्य गरेर अघि बढ्ने कुरा नरोकिने बताउनुभयाे। नेता पाण्डेले आफ्नो पार्टीले देश, संघीय लोकतान्त्रिक…