Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


‘गत भदौ २३ गते घुसपैठका कारण दुःखद घटना, २४ गते भने अपराधिक विध्वंश र नियोजित षडयन्त्र’: रमेश लेखक


299
Shares

काठमाडौं । जेनजी आन्दोलनको समयमा तत्कालिन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ को घटनालाई अलग ढंगले विश्लेषण गर्नुपर्ने बताउनुभएकाे छ।

उहाँले साेमबार जाँचबुझ आयोगलाई दिएको लिखित बयानमा जेनजीको जायज आन्दोलनमा प्रवेश गरेर घुसपैठले संसद भवन जलाउन खोज्दा दुःखद घटना भएको बताउनुभएकाे हाे। उहाँले सोही घटनामा आफूले नैतिक जिम्मेवारी लिएर राजीनामा दिएको समेत स्मरण गराउनुभयाे।

तत्कालिन गृहमन्त्री लेखकले २४ गतेका घटनालाई अपराधिक विध्वंश र नियोजित षडयन्त्र भएकाे बताउनुभएकाे छ।