काठमाडौं, मंसिर २२ । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ मंगलबार (भोलि) सार्वजनिक गरिने भएको छ । नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्तरुपमा नयाँ उचाइ सार्वजनिक गर्ने जानकारी दिनुभयो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई…