काठमाडौं, मंसिर २३ । सुनको मूल्य मंगलबार तोलामा एकैपटक एक हजार ५०० रुपैयाँले बढेको छ । अन्तराष्ट्रिय बजार पच्छ्याँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा एक हजार ५०० ले बढेर तोलाको ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन तोलाको ९२ हजार ६०० मा कारोबार भएको थियो…