१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


२० दिनका लागि तातोपानी नाका बन्द


0
Shares

काठमाडौं । आजदेखि २० दिनकालागि तातोपानी नाका बन्द हुने भएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माण गर्न नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माण गर्न २० दिन लाग्ने भन्दै चिनीयाँ पक्षले नाका बन्द गर्ने जानकारी गराएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको हो ।

पुल मर्मतका लागि नाका बन्द हुने भएपछि बाटोमा रहेका सामानहरु नेपाल भित्र्याइएको खत्रीले बताउनुभयो । उहाँका अनुसार तातोपानी रुट भएर आउने बाटोमा अब कुनै मालबाहक सवारी साधन छैनन् ।