अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीनमा प्रतिबन्ध • Image Khabar Image Khabar


अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीनमा प्रतिबन्ध


Imagekhabar
८ माघ २०७७, बिहीबार ०७:३३

अमेरिकी पूर्व विदेश मन्त्री पोम्पियो सहित २८ जनालाई चीनमा प्रतिबन्ध

काठमाडौं । चीनले अमेरिकी पूर्व विदेश मन्त्री माइक पोम्पियो सहित २८ जनालाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको छ । पोम्पियोसहित चीनले निवर्तमान राष्ट्रपति ट्रम्पको नजिक भएर काम गर्ने २८ जनालाई चीन प्रवेशमा रोक लगाएको हो । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोह चलिरहेको बेला चीनले यस्तो निर्णय गरेको हो ।

चीनको राष्ट्रिय सम्प्रभुतामा आँच आउने किसिमले टिप्पणी गरेको भन्दै पोम्पियोलाई चीन प्रवेशमा प्रतिबन्ध लगाएको बताएको छ । चीनको विदेश मन्त्रालयले जनाएअनुसार प्रतिबन्ध लगाइएका २८ जनाका परिवार र आफन्तलाई समेत चीनमा प्रतिबन्ध गरिएको छ ।

मन्त्री पोम्पियोले चीनले मुसलमानको दमन गरी नरसंहार गरेको बताएका थिए । पोम्पियोले भनेका छन्, ‘चीनले नरसंहार अझै पनि जारी राखेको छ, हामी देख्न सक्छौं चीनियाँ कम्युनिष्ट पार्टीको सरकार सुनियोजित तरिकाले मुसलमान सक्न लागिपरेको छ ।’ पोम्पियोले ट्रम्प प्रशासनको अन्तिम दिन यो बताएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्