काठमाडौं, मंसिर २४ । सरुवारोग विशेषज्ञहरुले स्वास्थ्य मापदण्ड पूरा गरेर कोरोना महामारीका बीच पनि संसद् बैठक चलाउन सकिने बताएका छन् । संघीय संसद्, सचिवालयले कोभिड–१९ संक्रमणका बीच संसद् चलाउने विषयमा बुधबार विज्ञहरुसँग गरेको छलफलमा सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सर्तक भएर स्वास्थ्य मापदण्ड पूरा गरेर संसद् बैठक चलाउन सकिने बताउनुभयो । उहाँले इमान्दारीताका साथ भौतिक…