थप ३३६ संक्रमित, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु • Image Khabar Image Khabar


थप ३३६ संक्रमित, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु


Imagekhabar
८ माघ २०७७, बिहीबार १६:१४

थप ३३६ संक्रमित, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

काठमाडौं, माघ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको छ ।

२४ घण्टामा देशभर ५०३० जनाको पीसीआर परीक्षण भएको छ ।

गत २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुने २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ ।

कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।

योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९८ जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा १४६, ललितपुरमा ३६ र भक्तपुरमा १६ जना संक्रमित थपिए छन् ।

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९९ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्