थप ३४८ संक्रमित, ४ जनाको मृत्यु • Image Khabar Image Khabar


थप ३४८ संक्रमित, ४ जनाको मृत्यु


Imagekhabar
६ माघ २०७७, मंगलवार १६:२८

थप ३४८ संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं, माघ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ३४८ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ९ सय ९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४४१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६२ हजार २ सय ५९ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ६४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्