प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट • Image Khabar Image Khabar


प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग देउवाको भेट


Imagekhabar
७ माघ २०७७, बुधबार १०:०५

congress sherbahadur deuba corona government

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश १ का केन्द्रीय सदस्यहरुसंग छलफल गर्नुभएको छ । उहाँले आजबाट प्रदेश १ मा शुरु हुन लागेको हिउँदे अधिवेशन र सरकारविरुद्ध दाहाल–नेपाल पक्षको नेकपाले ल्याएको अविश्वास प्रस्तावबारे छलफल गर्नुभएको हो ।

प्रदेशसभा बैठक अघि सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा नेताहरुलाई बोलाएर छलफल गर्नुभएको हो । प्रदेशसभामा अविश्वास प्रस्तावमाथि आजदेखि छलफल प्रक्रिया सुरु हुँदैछ । मुख्यमन्त्री शेरधन राई र नेकपा दाहाल–नेपाल दुवैको सरकारमा बहुमत पुग्दैन । प्रदेश १ को सरकार गठन प्रकृयामा प्रमुख प्रतिपक्ष दल काँग्रेस निर्णायक शक्ति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्