प्रधानमन्त्री केपी शर्मा ओलीले योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा जोड दिए मात्रै निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्षम हुने दावी गरेका छन् । कोरोना महामारीको यो समयमा औषधीय गुणयुक्त आहर, ब्यायाम र उच्च मनोस्वास्थ्य अत्यन्तै महत्वपूर्ण विषय रहेको भन्दै यो विषयमा योगशास्त्रले ज्ञान दिएको उनले बताए । योग साधनाले तनाव व्यवस्थापनमा सघाउने बताउँदै मानव…