Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सांसदहरुको कोरोना परीक्षण वैशाख २२ र २३ मा गरिने

काठमाडौं । संघीय संसदका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ । संसद सचिवालयका अनुसार वैशाख २२ र २३ गते संसद भवन नयाँबानेश्वरमा स‌सदहरुकाे पीसीआर बिधिबाट कोभिड परिक्षण गरिने भएकाे हो । बिहान १० देखि साँझ ५ बजे सम्म स्वाब संकलनका लागि संसद भवन पुग्नुपर्नेछ । सचिवालयका कर्मचारी, आइसीसीका कर्मचारी, मर्यादापालकलगायतको पनि पीसीआर परीक्षण गरिनेछ ।