भारत–चीन सीमा झडप : मोदीले कमजोरी स्वीकारे, क्रोधित बनाएको टिप्पणी • Image Khabar Image Khabar


भारत–चीन सीमा झडप : मोदीले कमजोरी स्वीकारे, क्रोधित बनाएको टिप्पणी


Imagekhabar
६ असार २०७७, शनिबार ०७:०२

भारत–चीन सीमा झडप : मोदीले कमजोरी स्वीकारे, क्रोधित बनाएको टिप्पणी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आन्तरिक सुरक्षा र सूचना संयन्त्र कमजोर हुँदा भारत र चीनको सीमामा झडप भएको स्वीकार गरेका छन् ।

विभिन्न दलका नेताहरुसँग भएको छलफलमा प्रधानमन्त्री मोदीले गुप्तचर निकायको सूचना प्रणाली कमजोर हुँदा भारतलाई क्षति पुगेको बताएका हुन ।

उनले विवादास्पद क्षेत्रमा चीनले भारतीय सेनामाथि हमला गरेर क्रोधित बनाएकोसमेत टिप्पणी गरेका छन् ।

उनले आफ्नो भूमिका आक्रमण नभएकाले उक्त आक्रमणलाई सार्वजनिक रुपमै नकार्न पनि आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाले आफ्नो सीमाको सुरक्षाका लागि कमजोर नभएको दावी गरेका छन् । सीमा क्षेत्रबाट चिनियाँ सैनिक टोली पछि हट्नेमा आफू विस्वस्त रहेको प्रधानमन्त्री मोदीले बताए ।

दुई शक्तिशाली देशको सीमामा यसै हप्ता भएको भिडन्तमा २० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको छ । यो ४५ वर्षपछि दुवै देशबीच भएको सबैभन्दा ठूलो लडाइ हो ।

उक्त घटनामा चिनियाँ पक्षतर्फ भएको क्षतिबारे भने कुनै सूचना सार्वजनिक भएका छैनन् । सीमामा तनाव बढेसँगै दुवै देशका उच्च कुटनीतिक अधिकारीहरुले छलफल गरेपछि एक अर्कालाई दोषी देखाएका छन् ।

यसैबीच भारतमा चीन विरोधी गतिविधिहरु बढ्न थालेका भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ ।प्रधानमन्त्री मोदीले चीनसँगको सीमा समस्या समाधानका लागि कुटनीतिक पहल नथालेको भन्दै विरोध हुन थालेको हो । चीन र भारतबीच ३५ हजार वर्गमाइल क्षेत्रमा सीमा स्वामित्वमा विवाद रहेको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्