Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने घोषणा गरेको छ । शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र अप्टिकल फाइबर देशभर बिच्छ्याइने बताउनुभएको हो । उहाँले सरकार प्रविधिमैत्री भएकाले नागरिक एपमार्फत देशका अन्य सरकारी कार्यालयको कामकाजलाई पनि एपमा जोड्ने बताउनुभयो ।