आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने • Image Khabar Image Khabar


आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने


Imagekhabar
१५ जेष्ठ २०७८, शनिबार १७:५८

आगामी वर्ष तीन सयवटा पुल निर्माण गर्ने

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्षमा ३ सयवटा पुल निर्माण गर्ने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरिएको बताउनुभएकाे हाे ।

सरकाले काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याएको छ ।

यस्तै, चक्रपथ विस्तारका लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे । तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयाे ।

काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्