काठमाडौं, जेठ २० । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपालमा कोरोनाको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको स्पष्ट गरेको छ । बेलायतस्थित एक अनलाइन पत्रिकाले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको खबर प्रकाशित गरेपछि डब्लुएचओले नेपालमा त्यस्तो कुनै प्रजाति भेरियन्ट नभेटिएको प्रष्ट गरेको हो । बेलायती ट्ब्लोइड अखबार डेलीमेलले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएकाले बेलायतीको…