Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र ६ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको परमादेश

काठमाडौं, असार २८ । सर्वोच्च अदालतले असार २९ गते मंगलबार अर्थात् भोलि बेलुका ७ बजेसम्म प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेको छ । सोमबार लामो प्रतीक्षाको घडी चिर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनविरुद्धमा परेको रिटमाथिको फैसला वाचन गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न दिन र समय नै तोकिदिनुभएको…