काठमाडौं । नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभुत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभएको हो । उहाँले आजको बैठकमा उपस्थित उपलब्ध…