काठमाडौं, असार २७ । नेपाली सेनाले सञ्चालन गरेको काठमाडौं छाउनीस्थित वीरेन्द्र अस्पतालले काठमाडौं महानगरका मिर्गौला बिरामीलाई निःशुल्क हेमोडाइलाइसिस सेवाको शुरुवात गरेको छ । आइतबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पूर्णचन्द्र थापाले संयुक्त रुपमा निःशुल्क हेमोडाइलाइसिस सेवाको थालनी गर्नुभएको हो । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौलाका…