पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन « Image Khabar


पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै दक्षिण अफ्रिकामा प्रदर्शन


Imagekhabar
२८ असार २०७८, सोमबार ०७:५३

एजेन्सी । पूर्वराष्ट्रपति ज्याकव जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै दक्षिण अफ्रिका अशान्त बनेको छ ।

पूर्वराष्ट्रपति जुमाका समर्थकहरुले उहाँको रिहाइको माग गर्दै शहरका विभिन्न भागमा प्रदर्शन गरेका छन् ।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा अवरुद्ध पारेको मौका छोपी केही लुटेर समुहले शहरका पसलमा लुटपाट मच्चाएका छन् ।

प्रदर्शनका क्रममा ६० जनालाई पक्राउ गरिएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएको छ ।

उनीहरुले ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेपछि प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

यसैबीच दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शकारीहरुलाई धैर्य रहन अपील गर्नुभएको छ ।

गत बुधबार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो ।

आत्मसमर्पण नगरे ७९ वर्षका पूर्वराष्ट्रपतिलाई पक्राउ गर्ने चेतावनी दिएलगत्तै जुमाले आत्मसमर्पण गर्नुभएको हो ।

भ्रष्टाचारको आरोप लागेपछि जुमालाई अदालतमा उपस्थित हुन नसकेका कारण गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्