Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


एन्फाले धर्नासहित राखेपलाई आज ध्यानाकर्षण पत्र बुझाउँदै


39
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई मंगलबार ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।

एन्फाले राखेपलाई पत्र बुझाएपछि एक घण्टा धर्ना बस्ने तयारी समेत गरेको जनाएकाे हाे। एन्फा निलम्बन फुकुवाका लागि कदम नचालिएको भन्दै राखेपलाई ध्यानाकर्षण पत्र बुझाउन लागिएको हो । गत असार चार गते एन्फालाई फिफाले निलम्बन गरेको थियो । एन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले अनिश्चतकालका लागि निलम्बन गरेको हो ।

एन्फाले यसअघि नै निलम्बन फुकुवाका प्रयास आफ्नो पहुँचमा नभएको र फुकुवाको निम्ति सरकारले कार्य अघि बढाउनुपर्ने स्पष्ट पारिसकेको छ । यता परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयले फिफा र एशियाली फुटबल महासंघ (एफसी) सँग भित्र-भित्रै छलफल भइरहेको जनाएको हाे।