सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चार जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको प्रतिष्ठानले जनाएको छ । सेवा प्रवाह गरिरहँदा संक्रमणको जोखिम बढ्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गरिएको प्रतिष्ठानका निर्देशक मंगल रावलले जानकारी दिनुभयो । कोरोनाको रोकथामका…