Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


अर्घाखाँचीमा ४८ जनाले कोरोना जितेर घर फर्के


0
Shares

अर्घाखाँची । जिल्लाका आइसोलेशनमा बसेका ४८ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

जसमध्ये सन्धिखर्क नगरपालिकामा रहेको रविचित्र युवावर्षा मावि हटारीमा रहेको आइसोलेशनबाट ३५ जना, शितगंगा नगरपालिकामा रहेको ज्योती माविको आइसुलेसनमा रहेका १३ जना गरि ४८ जना लाई केही हप्ता होम क्वारेन्टिनमा बस्न सुझाव दिदै डिस्चार्ज गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लामा दुई सय ५० जना कोरोना संक्रमित छन भने १ हजार ७ सय ६५ जना क्वारेन्टिनमा बसेका छन ।