Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


काठमाडौंको गोंगबुमा टुक्राटुक्रा पारेर फालिएको अवस्थामा शव भेटियो

काठमाडौं । काठमाडौंको गोंगबुमा एउटा शंकास्पद शव भेटिएको छ । गोंगबु चोकबाट मनमैजु गणेशथान जाने बाटोको देब्रेपट्टी शव भेटिएको प्रहरी स्रोतले बताएको छ । टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा शव भेटिएको हो । अहिलेसम्म शवको सनाखत हुन सकेको छैन । महाराजगञ्ज प्रहरी र उपत्यकाको अपराध अनुसन्धान महाशाखाको टोली घटनास्थल पुगेर घटनाबारे अनुसन्धान थालेको छ ।