काठमाडौं । काठमाडौंको गोंगबुमा आइतवार भएको विभत्स हत्यामा संलग्न रहेको आरोप लागेकी महिलालाई प्रहरीले चितवनबाट काठमाडौं ल्याएको छ । दाङका कृष्ण बहादुर बोहोराको हत्या आरोपमा कल्पना शाही नाम गरेकी महिला र उनकी छोरीलाई मंगलबार बिहान तीन बजे काठमाडौं ल्याइएको प्रहरी स्रोतले जानकारी दिएको छ । दुबै जनालाई प्रहरीले सोमबार चितवनको टाँडी, माधवपुरबाट पक्राउ गरेको थियो…