एजेन्सी । ब्राजिलियन फुटबल लेजेण्ड पेलेको स्वास्थ्यमा क्रमिक रुपमा राम्रो सुधार भइरहेको उनकी छोरीले बताएकी छन् । हालै उनको आन्द्रामा पलाएको ट्युमर हटाउनका लागि शल्यक्रिया भएको थियो । त्यसपछि उनलाई केही समय आइसियूमा राख्नु परेको थियो । तर स्वास्थ्यमा राम्रो सुधार भइरहेको छोरी केली नास्कीमेन्तोले बताएकी हुन् । ८० वर्षका पेलेलाई बुधबार आइसियूबाट निकालिएको थियो…