एजेन्सी । गत अगस्तको अन्त्यमा अफागानिस्तानको राजधानी काबुलमा आफूहरुले ड्रोन आक्रमण गर्दा बालबालिकासहित १० सर्वसाधारण मारिएको अमेरिकी सेनाले स्वीकार गरेको छ ।
अमेरिकी केन्द्रीय कमाण्डका प्रमुख जनरल फ्र्यांक म्याकेन्जीले आफूहरुकोे जवाफी कारवाहीमा ती नागरिक मारिएको दावी गर्नुभएको हो ।
सो आक्रमणमा सात बालबालिकासहित १० जनाको मृत्यु भएको थियो । आपतकालीन अवस्थामा रहेका नागरिकको उद्धारका क्रममा तालिवानी विद्रोहीले आफूहरुलाई रोकेपछि जवाफी कारवाहीका लागि ड्रोन आक्रमण गरेको अमेरिकी सेनाले दावी गर्दै आएको छ ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आक्रमणमा परेर मृत्यु भएकाका परिवारलाई भेटेर समवदेनसमेत व्यक्त गर्नुभएको छ ।
उहाँले सो आक्रमणको अनुसन्धान गरेर गहन समीक्षा गर्नेसमेत आस्वासन दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
विदेशमन्त्री अस्टिनले अमेरिकाले सो गल्तबाट पाठ सिक्दै अघि बढ्ने प्रतिवद्धतासमेत जनाउनुभयो ।
अमेरिकाले गत महिनाको अन्त्यमा तालिवानीले अफगानिस्तान कब्जा गरेसँगै आफ्ना सबै सेना फिर्ता बोलाएको थियो ।
तालिवानीले कब्जा गरेसँगै आफगानिस्तानमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्ता लैजान अमेरिकी सेनाले विशेष अभियान नै सञ्चालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्