६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपाल र अमेरिका मैदानमा, टस हारेर नेपाल ब्याटिङ्गमा


0
Shares

काठमाडौं । ओमानमा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले अहिले अमेरिकासँग खेलिरहेको छ ।

नेपालले टस हारेर पहिले ब्याटिङ्गको निम्तो पाएको छ । अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट एक परिवर्तन भएको छ ।

विक्रम सोबको स्थानमा गुलशन झाले खेल्नेछन् । बलर गुलशनले राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । उनी पहिलो पटक राष्ट्रिय टिममा परे पनि यसअघिका दुवै खेलमा खेल्न पाएका थिएनन् ।

नेपाल अमेरिकालाई लगातार चौथो खेलमा हराउन चाहन्छ । नेपालले घरेलु मैदानमा भएका दुवै खेल जितेको थियो भने ओमानमा भएको पहिलो खेलमा गत सोमबार अमेरिकामाथि ५ विकेटको जित हासिल गरेको थियो । नेपाल उच्च मनोबलका साथ उत्रदा अमेरिका भने नेपाल र ओमानसँग पराजित भएकाले बदला लिनकै लागि मैदानमा उत्रिएको छ ।

लिग–२ मा नेपाल ६ खेलबाट ६ अंकसहित छैटौं स्थानमा रहेको छ । अमेरिका १४ खेलबाट १२ अंक जोडेर दोस्रो स्थानमा छ । ओमान १२ खेलबाट २० अंक जोडेर शीर्ष स्थानमा छ । सात टोली सहभागी लिग–२ का शीर्ष तीन टीमले सन् २०२३ को जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने छन् ।