काठमाडौं, असोज १४ । तलेजु भवानी मन्दिरका मूल पूजारीले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तलेजु भवानीको पूजाका लागि निकालेको साइत नमिलेको भन्दै सच्याउन आग्रह गर्नु भएको छ । मूल पूजारी उद्धवमान कर्माचार्यले पञ्चाङ्ग समितिको साइत अव्यवहारिक रहेकाले सच्याउनु पर्ने बताउनुभयो । दशैंमा परम्परागत रुपमा गरिदै आएको तलेजु भवानीको पूजाका लागि पञ्चाङ्ग निर्णायक समितिले २०६५ सालदेखि नै…