प्रधानमन्त्री र सभामुखले सिधै संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ– विशाल भट्टराई « Image Khabar


प्रधानमन्त्री र सभामुखले सिधै संसदीय दलका नेतासँग छलफल गर्नुपर्छ– विशाल भट्टराई



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)का मुद्दालाई सम्बाेधन गरेर सिधा आफ्नो पार्टीका संसदीय दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुपर्ने बताउनुभयो ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा भट्टराईले नेकपा एमालेको अहिलेको अवरोध सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरूका कारण भएको बताउनुभयो । उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले संसदमा बेवारिसे छोडेर अचानक मन्त्रिपरिषद्ले फिर्ता लिने कदम कानून विपरीत, संविधान विपरीत र नैतिक दृष्टिकोणले पनि उचित नभएको बताउनुभयो ।

प्रमुख सचेतक भट्टराईले नेकपा एमालेसँग मात्रै छलफल गर्न आवश्यक रहेको भन्दै छलफलमा अन्य दल बोलाउन नपर्ने बताउनुभयो । प्रधानमन्त्री र सभामुखले नेकपा एमालेका संसदीय दलका नेतासँग मात्रै संवाद गरे आफू छलफलमा बस्न तयार रहेको पनि उहाँले बताउनुभयो ।