एजेन्सी, असोज २९ । ताइवानको दक्षिणी क्षेत्रमा पर्ने काओह्सिंग शहरस्थित १३ तले भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको जलेर मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहानै आवासीय तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुँदै आएको उक्त भवनमा आगलागी भएको समाचारमा उल्लेख छ । आगो नियन्त्रणमा लिन अग्निनियन्त्रकहरुलाई चार घण्टाभन्दा बढी समय लागेको जनाइएको छ…