लेबननमा भएको प्रदर्शनमा गोली लागेर ६ जनाको मृत्यु, ३२ जना घाइते « Image Khabar


लेबननमा भएको प्रदर्शनमा गोली लागेर ६ जनाको मृत्यु, ३२ जना घाइते


Border circle
Imagekhabar

एजेन्सी, असोज २९ । लेबननको राजधानी बेरुतमा भएको एक प्रदर्शनमा हानिएको गोली लागेर ६ जनाको मृत्यु भएको छ । घटनामा अरु ३२ जना घाइते भएको बीबीसीले जनाएको छ ।

गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उपस्थित प्रदर्शनकारीमाथि गोली चलाउँदा उनीहरु मारिएका हुन् । शिया मुस्लिम समूहका हिज्बुल्लाह र अमाल नामक संगठनका समर्थकले प्रदर्शन गरेका हुन् ।

लेबननी सुरक्षा समूहले आफूहरुमाथि आक्रमण गरेको प्रदर्शनकारीले आरोप लगाएका छन् । प्रधानमन्त्री नाजिक मिकाटीले शान्ति कायम गर्न आग्रह गरेका छन् ।

उनीहरुले जाँच आयोगका न्यायाधीश तारेक बिटरलाई हटाउन माग गरिरहेका थिए । न्यायाधीश बिटरले बन्दरगाह विष्फोटको आरोपमा हिज्बुल्लाहका सहयोगी मानिने एक मन्त्रीविरुद्ध जानाजान आरोप लगाएको बताउँदै उनीहरु प्रदर्शनमा उत्रिएका थिए ।

उक्त विष्फोटमा २१९ जना मारिएका थिए । बेरुत बन्दरगाहमा राखिएको २,७५० टन अमोनिया नाइट्रेटमा आगो लाग्दा उक्त दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्