काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयातीत इन्धनको खपत कम गर्न विद्युतीय गाडीको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा भएको विद्युतीय गाडीको र्यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै दुई अर्ब र खाना पकाउने एलपी ग्याँसको आयातमा ४० अर्ब खर्च भइरहेको…