Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


वर्षा र हिमपातको सम्भावना


0
Shares

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको मौसम बुलेटिन अनुसार आज दिउँसो देशको पहाडी भु–भागमा आंशिक बदली रहने र अन्य वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

पहाडी भु–भागको एक–दुई स्थानहरुमा सामान्य वर्षाको संभावना रहेको र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहनुका साथै राती देशको पहाडी भूभागमा आंशिक बदली रही वाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

साथै आगामी २४ घण्टाका लागि देशका पहाडी भु–भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको समेत सम्भावना रहेकोले उक्त क्षेत्रका वासिन्दाले कृषिजन्य कार्य गर्दा र यात्रा तथा घुमफिर गर्दा आवश्यक सामान्य सावधानी अपनाउन चेतावनी महाशाखाले दिएको छ ।