Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्राध्यापक संघका पूर्व अध्यक्षहरुले मागे प्रधानन्याधीश जबराको राजीनामा


0
Shares

काठमाडौं, कात्तिक १२ । नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेका छन् ।

प्राध्यापक संघका ९ जना पूर्व अध्यक्षहरुले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्चको नेतृत्व गर्न असक्षम भएको भन्दै राजीनामा मागेका हुन् ।

जबराको राजीनामा माग गर्ने प्राध्यापक संघका पूर्व अध्यक्षहरुमा प्रा.डा. कमलकृष्ण जोशी, प्रा.केशवानन्द गिरी, प्रा. भूपति ढकाल कमल, प्रा. कपिल श्रेष्ठ, प्रा. भीमसेनदास प्रधान, प्रा. रामेश्वर उपाध्याय, प्रा. डा. विनोदकुमार श्रेष्ठ, प्रा. खगेन्द्र भट्टराई र प्रा. गुणनिधी न्यौपाने छन् ।

उनीहरुले प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको गरिमा बचाउन नसकेको र उनी पूणर् रुपमा नेतृत्वमा असफल भएको विज्ञप्तिमा भनेका छन् – ‘स्वतन्त्र न्यायापालिकाको जन आस्था र प्रतिष्ठा बचार्इ राख्नका लागि हाल नेतृत्वमा रहनु भएका व्यक्तिले नै निकास दिनु पर्ने, विषम परिस्थितिबाट उत्पन्न न्यायपालिकाको प्रतिष्ठा, विश्वसनीयता, निश्पक्षता र जनआस्था जोगाउन प्रधानन्यायाधीशले तत्काल राजीनामा दिएर निकास दिनु नै उत्तम विकल्प हो,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।