काठमाडौं । तेह्रथुमको छथर गाउँपालिका–६ सुदापमा पोखरीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा घटना भएको हो । घटनामा परेर सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी ८ वर्षीया छोरी सुहानाको मृत्यु भएको हो ।…