‘राजनीतिक व्यवस्थाको विरोध गर्ने ठाउँ सडक होइन’ « Image Khabar


‘राजनीतिक व्यवस्थाको विरोध गर्ने ठाउँ सडक होइन’


Imagekhabar
२७ मंसिर २०७७, शनिबार १०:५२

काठमाडौं, मंसिर २७ । मुलुकको राजनीतिक व्यवस्थाको विरोधमा सडकबाट विकल्प खोज्न नहुने सरोकारवालाहरुले औंल्याएका छन् ।

पूर्व राज्यमन्त्री ओमकारप्रसाद गौचनको आयोजना गएिको शोकसभामा सहभागी वक्ताहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विरोधमा केही समयदेखि सडकमा विरोध प्रदर्शन भएपनि त्यसको विकल्प नभएको बताएका हुन् ।

नेकपाका सांसद देवेन्द्र पौडेलले संघीय लोकतान्त्रिक व्यवस्था ल्याउन योगदान नगरेकहरुले गरेको विरोधले लोकतन्त्रको विकल्स सोच्न नसकिने बताउनुभएको हो ।

उहाँले नयाँ व्यवस्थामा जाँदा जनअपेक्षा अनुसार काम नभएपनि सुधार गरेर जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले राजनीतिमा नयाँ पुस्ताको वितृष्ण बढ्नु चिन्ताको विषय भएको बताउनुभयो ।

उहाँले राजनीतिलाई कमाइ खाने भाँडोको रुपमा मात्र उपयोग गर्दा राजनीतिक उपलब्धीहरु गुम्ने खतरा रहेको औंल्याउनुभयो ।

बाग्लुङका पूराना नेता तथा पूर्वमन्त्री गौचनको यही असोज २६ गते काठमाडौंमा निधन भएको थियो ।

उहाँले बाग्लुङमा विद्यालय र पुस्तकाल निर्माण गरेर पञ्चायती व्यवस्था अघि नै जिल्लामा शिक्षादीक्षाको सुरुवात गर्नुभएको थियो ।

लुम्बिनी विकास कोषको उपाध्यक्ष भएर मायादेवीको मन्दिर निर्माण सम्पन्न गराउनुभएका गौचनले सरकारले विनियोजन गरेको बजेटबाट २ करोड रुपैयाँ बचत गर्दै मन्दिर निर्माण सम्पन्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्