Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको बिदाई

काठमाडाैं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाई गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगको गरिमा अभिवृद्धि गर्न खेल्नुभएको भूमिकाप्रति आभार एवं कृतज्ञता व्यक्त गर्नुभएकाे हाे। प्रवक्ता भट्टराईले उहाँलाई एक मृदुभाषी, कानूनविद् र कठिन परिस्थितिमा मार्गनिर्देशन गर्ने अभिभावकका रूपमा चित्रण गर्नुभयो ।…